२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

‘केही तलमाथि भएको भए कृष्ण सिटौला मारिन सक्नुहुन्थ्यो’: प्रचण्ड

2216 Shares
Spread the love

मंसिर २५ – शान्तिवार्ताको थालनी भएको पर्यटकीय गाउँ सिक्लेस पुगेका पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार नोस्टाल्जिक थिए।

द्वन्द्व अन्त्य गरी शान्ति स्थापना गर्ने उद्देश्यले सरकार र तत्कालीन विद्रोहीबीच वार्ताको थालनी भएको सिक्लेसमा शान्ति स्तम्भ अनावरण गर्न उनी कांग्रेस नेता कृष्ण सिटौलासहित पुगेका थिए।

तत्कालीन विद्रोही माओवादीका अध्यक्ष प्रचण्डसँग वार्ता गर्न सिक्लेस पुगेका बेला सिटौला गृहमन्त्री थिए। ‘उहाँ आफ्नो सेना र प्रहरी छोडेर जनमुक्ति सेनाको घेरामा आउनुभएको थियो। हामी पनि सबै कुरा छोडेर बालुवाटार पुगेका थियौँ। त्यहाँ पनि जोखिम थियो’, प्रचण्डले भने, ‘उहाँ गृहमन्त्रीको पदमात्र दाउमा राखेर होइन, ज्यान नै जोखिममा राखेर यहाँ आउनुभएको थियो।’

प्रचण्डले त्यतिबेला केही तलमाथि भएको भए सिटौलाको ज्यान नै जान सक्ने स्थिति रहेको पनि स्मरण गरे। ‘हामी अत्याधुनिक हतियारसहित जनमुक्ति सेनाको घेरामा थियौँ। थोरैमात्र गडबड भएको भए उहाँ मारिन सक्नुहुन्थ्यो’, प्रचण्डले भने, ‘आफ्नो सेना पुलिस सबै छोडेर उहाँ शेखर कोइरालालाईमात्र लिएर आउनुभएको थियो।’

शान्ति र लोकतन्त्रप्रति सिटौलाको बुझाइ सधैँ प्रसंसनीय रहेको उनको भनाई छ। ‘देशभर सन्त्रासको स्थिति थियो। को कतिबेला मारिने हो भन्ने अवस्था थियो’, उनले भने, ‘मैले शान्ति वार्ताको आवश्यकता महसुस गरेको थिएँ।

त्यसमा उहाँ (सिटौला) ले ठूलो भूमिका खेल्नुभयो।’ सिटौलाले भित्रभित्रै कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग वार्ता गराएको उनको भनाई छ।,खवर अन्नपूर्ण पोष्टले छापेको छ ।

प्रतिक्रिया