२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

पहिले विवाह दर्ता, अनि मात्रै बिहे : मन्त्री केसी

1663 Shares
Spread the love

दाङ, २२ मङ्सिर (रासस) 

प्रदेश नं ५ का सङ्घीय मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले विवाह दर्तापछि मात्रै विवाह गर्न पाउने नीति बनाउनुपर्ने बताउनुभयो ।

समाजमा वातावरणीय शिक्षाको विकास (सिड) संस्थाको आयोजनामा आज तुलसीपुर महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत जिल्लास्तरीय बालविवाह न्यूनीकरण सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री केसीले यस्तो नीति निर्माण गरे मात्रै बालविवाह न्यूनीकरण हुने बताउनुभयो ।

“पहिलो विवाह दर्ता गर्ने अनि मात्रै विवाह गर्न पाउने मान्यता दियो भने अहिलेजस्तो सानै उमेरमा बालविवाह गर्ने समस्याको अन्त्य हुन्छ,” मन्त्री केसीले भन्नुभयो, “यसका लागि कानून निर्माणमा समेत प्रदेश सरकारले पहल थाल्छ ।” अझै पनि बालविवाह गर्ने क्रम नरोकिएकाले कानून बनाएर त्यसलाई न्यूनीकरण गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले प्रदेश नं ५ ले अहिलेसम्म १५ वटा कानून निर्माण भइसकेको भन्दै बाँकी कानूनहरु यही २६ गतेदेखि बस्ने प्रदेशसभाको बैठकले निर्माणको प्रक्रियामा अगाडि बढाउने बताउनुभयो ।

प्रतिक्रिया