२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

महेन्द्रनगर-देहरादुन बस सेवा सुरु : पहिलो बसमा निर्मलाको पोष्टर

1820 Shares
Spread the love

कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरबाट भारतको देहरादुनसम्म सिधा बस सेवा सञ्चालन भएको छ।

शनिबारदेखि महेन्द्रनगर–देहरादुनसम्मको सिधा बस सेवा सुरु गरिएको हो। धार्मिक दृष्टिकोणले महत्वपुर्ण देहरादुनमा पश्चिमी सिमा क्षेत्रबाट दैनिक उल्लेख्य संख्यामा नेपालीहरु जाने गर्दछन्।

अध्ययन, मजदुरी वा घुमघाम गर्न दहरादुन जानेहरुले सिधा बस नहुँदा सास्ति पाउने गरेका थिए।

बसमा टाँसिए निर्मलाको पोस्टर

बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षीय बालिका निर्मला पन्तको न्यायको खोजीमा महेन्द्रनगरका बसहरुमा उनको तस्वीर अंकित पोस्टरहरु टाँसिएका छन्। निर्मलाको हत्यारा सार्वजनिकको माग गर्दै शनिवार स्थानीय महिला अधिकारकर्मीहरुले महेन्द्रनगरदेखि विभिन्न स्थानका लागि छुट्ने बसहरुमा पोष्टरहरु टाँसेका हुन।

घटना घटेको चार महिना भन्दा बढि समय भइसक्दा पनि सरकारले घटनाको सत्य, तथ्य सार्वजनिक नगरेको बिरोधमा महेन्द्रनगर बसपार्कमा पार्किङ्ग गरिएका बसहरुमा निर्मलाको तस्वीर अंकित पोष्टरहरु टाँसिएको महिला अधिकारकर्मी निर्मला जोशी(भट्ट)ले बताईन्।

टाँसिएका पोस्टरहरुमा ‘सरकार भेटियो, न्याय भेटिए’ उल्लेख गरिएको छ।

यसैबीच महेन्द्रनगरबाट भारतको देहरादुन गएको पहिलो बसले पनि निर्मलाको पोष्टर बोकेर गएको छ।

प्रतिक्रिया