२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

श्रृंखला खतिवडा माथि अन्याय भो माल्भिका सुब्बा

2702 Shares
Spread the love

श्रृंखला खतिवडा मिस वर्ल्डको टप १२ बाट बाहिरिएकी छिन्।

चीनको सान्या शहरमा जारी मिस वर्ल्डको फाइनलमा टप १२ भित्र अटाएकी उनी टप ५ भित्र भने अटाउन सकिनन्।

मल्टिमिडिया च्यालेन्ज र ब्युटी विथ अ प्रपोज जित्दै श्रृंखला फाइनल प्रवेश गरेकी थिइन्। तर, शनिबार जारी फाइनलमा उनी टप १२ मा परेपनि टप ५ मा पर्न नसकेपछि उनको मिसवर्ल्डको यात्रा सकिएको छ।

तर नेपाली सेलिब्रेटीहरुले भने श्रृंखला टप ५ मा पर्ने क्षमता भएको भन्दै आक्रोश पोखेका छन्। पूर्व मिस नेपाल माल्भिका सुब्बाले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘यो साह्रै अन्याय भयो। श्रृंखला खतिवडा टप ५ मा पुग्न डिजर्भ गर्थिन्।’

प्रतिक्रिया