२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

गृहजिल्ला झापामा नेपाल आइडलका सुमित र अस्मितालाई भव्य स्वागत (भिडियो)

3425 Shares
Spread the love

झापा  चर्चित रियालिटि सो नेपाल आइडलको सिजन २ को टप ४ मा पुगेका झापाका सुमित पाठक र अस्मिता अधिकारीलाई गृह जिल्ला झापामा भव्य स्वागत गरिएको छ । नेपाल आइडलको टप–४ मा पर्न सफल सुमित पाठक र अस्मिता अधिकारी शनिबार गृह जिल्ला झापा आएका हुन् ।

दिउँसो १२ बजे भद्रपुर विमानस्थलमा उत्रिएका सुमित र अस्मितालाई विमानस्थलमै भव्य स्वागत गरिएको थियो । उनिहरुको स्वागतमा ठूलो संख्यामा शुभचिन्तक तथा आफन्तहरु विमानस्थल पुगेका थिए । हातमा फूलमाला बोकेर लामबद्ध लागेका शुभचिन्तकहरुले उनिहरुको स्वागत गरेका थिए ।

https://youtu.be/Q1KKvEJNf1Y

सुमित र अस्मिताका आ-आफ्नै फ्यानहरुले लगाएको हुटिङ्ले माहोल तातेको थियो । उनिहरुका आ-आफ्नै फ्यानहरु सेल्फि खिच्न ब्यस्त देखिन्थे । उनिहरुसँग अंकमाल गर्न र फोटो खिच्न तछाड मछाड भएको थियो, जसको कारण माहोल नै अस्तब्यस्त बनेपछी प्रहरीलाई माहोल नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो ।

उनीहरुलाई प्रहरीले स्कटिङ गरी गृहनगर लगिएको थियो । सुमित झापाको सुरुङाबासी हुन् भने अस्मिता कमल गाउँपालिकाबासी हुन् । उनीहरुलाई भोट माग्न झापाका विभिन्न स्थानमा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरिएको छ ।

प्रतिक्रिया