1306
Shares
भारतीय टेलिभिजनकी अभिनेत्री देवोलीना भट्टचार्यलाई प्रहरीले हत्या प्रकरणमा आज पक्राउ गरेको छ । स्टार च्यानलबाट प्रसारणमा आएको चर्चित सिरियल “साथ निभाना साथिया”मा गोपी बहुको भुमिकामा निकै रुचाएकी देवोलीनालाई डायमण्ड मर्चेण्ट राजेश्वर किशोरीलाल को हत्या प्रकरणमा गुवाहटीबाट असम प्रहरीले प्रक्राउ गरेको हो ।
करिब एक महिनादेखि बेपत्ता भएका किशोरीलालको शव केही समय अगाडी प्रहरीले फेला पारेको थियो । उनको हत्यामा देवोलीनाको पनि हात रहेको आशंकामा प्रहरीले उनलाई प्रक्राउ गरी बयान लिईरहेको भारतीय मिडियाहरुले जनाएका छन् । प्रहरीले किशोरीलालको फोन रेर्कडबारे अनुसन्धान गर्दा उनको नाम पनि फेला पारेपछि प्रहरीले उनलाई प्रक्राउ गरेको बताईएको छ ।