२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

“योगी आदित्यनाथको सम्मानमा कुनै कसर बाँकी राखिन्न” :-यादव

878 Shares
Spread the love

मंसिर २२ – राष्ट्रिय जनता पार्टी नेपालका नेता राजकिशोर यादवले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरमा भव्य स्वागत हुने बताएका छन् । उनको सम्मानमा कुनै कसर बाँकी नराख्ने उनले बताए ।

शनिबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा राजपा अध्यक्ष मण्डलका सदस्य यादवले भने, सम्पूर्ण जनताले उत्साहका साथ स्वागत गर्नुपर्छ । हामी मुख्यमन्त्रीजीलाई भव्य स्वागत गर्छौं । उहाँको सम्मानमा कुनै कसर बाँकी राख्दैनौं ।’ योगी विवाह पञ्चमीको अवसरमा जनकपुर आउँदैछन् ।

केहीले मुख्यमन्त्री योगीको विरोध गरेको भन्दै उनले भ्रमणले द्धिपक्षीय सम्बन्ध थप मजबुद हुने दाबी गरे । ‘उहाँको जनकपुर भ्रमणले नेपालको हित लुकेको छ । उत्तर प्रदेशमा त्यत्रो ठूलो जनसंख्या छ । अब जनकपुरमा धार्मिक पर्यटकहरु आउनेछन्’ उनले भने ।कार्यक्रममा कांग्रेस नेता रामकृष्ण यादवले मुख्यमन्त्री योगीलाई जनकपुरमा स्वागत गर्न आफूहरु आतुर रहेको बताए ।

‘आफ्नो र पार्टीको तर्फबाट म के भन्न चाहन्छु भने प्रत्येक साल मंसिरमा विवाहपञ्चमी हुन्छ, आउने २६ गते हुने विवाहपञ्चमीमा जन्ती लिएर मुख्यमन्त्रीजी आउँदै हुनुहुन्छ, हामी स्वागत गर्न आतुर छौं’ उनले भने, ‘उहाँको भ्रमणबारे कांग्रेस केन्दि्रय कार्यमितिले विरोध गरेको छैन । विरोध गर्ने भनेर कुनै निर्णय पनि भएको छैन ।’

प्रतिक्रिया