२०८३, १६ असार मंगलवार
×

ट्रेन्डिङ

नेप्सको तेस्रो अन्तर बिद्यालय स्तर फुटबल प्रतियोगिताको उद्घाटन

2753 Shares
Spread the love

आशिस तामाङ

मङ्सिर २१, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ८  आत्तरखेल स्थित नेपालय इंग्लिश पब्लिक स्कुल (नेप्स)ले तेस्रो अन्तर बिद्यालय स्तर फुटबल प्रतियोगिता आज विधि गत उद्घाटन गरेको छ ।

उक्त कार्यक्रमको  प्रमुख अतिथि नेपाली राष्ट्रिय  फुटबल टोलिका कप्तान बिराज महर्जन श्रेष्ठले उद्घाटन गरेको थियो ।

सभापतिमा नेपालय  ईंग्लिश पब्लिक स्कुलको म्यानेजिङ िडरेकटर बुद्ध श्रेष्ठ गरेको थियो । उक्त कार्यक्रममा विभिन्न बिद्यालयको िप्रन्सीपल ,  शिक्षक प्रतिनिधि , खेलाडी, विद्यार्थी, अभिभावकहरु उपस्थिति थियो ।स्वागत मन्तव्य तथा औपचारिक उद्घाटन  कार्यक्रम नेपालय ईंग्लिश पब्लिक स्कुलका कोर्डिनेटर रबिन खडकाले गरेका थिए ।

प्रमुख अतिथि नेपाली राष्ट्रिय फुटबल टोलिका कप्तान विराज महर्जन श्रेष्ठले फुटबल प्रतियोगिताका रेफ्री प्रदीप लामालाइ फुटबल हस्तान्तरण गरी  खेल शुरूवात  गरेको थियो।


आजको पहिलो खेल आयोजक नेपालय ईंग्लिश पब्लिक स्कुल “बी” समुह र वर्ल्ड युथ स्कुल बीच प्रतियोगिता भएको थियो । उक्त खेलमा नेपालय ईंग्लिश पब्लिक स्कुल “बी” समुहले वर्ल्ड युथ स्कुललाइ पेनाल्टीबाट ३-१ गोल गरी आयोजक विद्यालयले विजयको शुरूवात गरेको थियो ।

दोर्सो खेलमा भेनस पब्लिक स्कुल र इस्ट पोल मा.वि. बीचको खेलमा दुबै समुहले १-१ गोल गरि निर्धारित समय सकिएको हुनले रेफी प्रदीप लामाले पेनाल्टीबाट पुनः खेल खेलाएको थियो । उक्त पेनाल्टीबाट भेनस पब्लिक स्कुलले ३-१ गोल गरि इस्ट पोल मा.वि.लाई पराजित गरेको थियो ।

प्रतिक्रिया