मंसिर २२ -अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा मानव तस्करीको आरोप लागेपछि उनी बिवादमा आएका छन् । राजदूत जस्तो व्यक्तिबाट नै मानव तस्करी भएको भन्दै आम सर्वसाधारण र बिषक्षी दलले सरकारलाई सत्यतथ्य छानबिन गरी दोषी देखिए कारवाही गरी बर्खास्त गर्न माग गरेको थियो । दबाब बढ्दै पछि परराष्ट्र मन्त्रालयले उनीमाथि छानबिन बढायो ।
यसबीचमा राजदूत लक्की शेर्पा परराष्ट्र मन्त्रालयले सोधपुछका लागि बोलाएपछि शनिबार काठमाडौंतर्फ लागेकी छिन्। उनीमाथि लागेको आरोपबारे आरोपमाथि सत्यतथ्य बुझ्न मन्त्रालयले उनलाई काठमाडौं बोलाएको हो। उनीमाथि अस्ट्रेलियामा बस्दै आएका उनकै चालक वाङ्छु शेर्पाले श्रीमानसंग मिलेर मानव तस्करीको आरोप लगाएका थिए ।
न्यूज ट्वान्टी फोरको सिधा कुरा जनतासँ नामक कार्यक्रममा भिडियो कलमाफर्त उनले प्रमाणसहित आएपछि राजदूत शेर्पाको पद नै धरापमा परेको छ । उता उनले राजदूत शेर्पाले लाखौँ पैसा लिएर मानव तस्करी गरेको र आफु र आफनो श्रीमतीलाई समेत फसाई जेल हालेको आरोप लगाएका थिए ।
उता नेपाली राजदूतावासले भने शेर्पाविरूद्ध एक फरार अभियुक्त वाङ्छु शेर्पाले झुठो आरोप लगाई छबीमा दाग लगाउँन खोजेको भन्दै स्वष्टीकरण दिएको छ । क्यानबेरास्थित नेपाली राजदूतावासले एक विज्ञप्ति जारी गर्दै राजदूत र उनको परिवारविरूद्ध झुठो आरोप लगाएर बदनाम गर्न खोजेको बताईसकेको छ ।
राजदूतावासमा कार्यरत वाङ्छु सामान चोरेर भागेपछि नेपाल सरकार र परराष्ट्र अनि अस्ट्रेलियाको सम्बन्धित निकायमा पनि धेरै पहिले अवगत गराएपछि उनको खोजी कार्य भैरहेको नेपाली राजदूतावासले एक बिज्ञप्तीमाफर्त जनाएको थियो ।शेर्पा तत्कालिन माओवादीको सिफारिसमा राजदूत बनेकी थिईन् ।