२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

काठमाण्डौं क्षेत्र नं ३ को शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न

1296 Shares
Spread the love

आशिस तामाङ

मङ्सिर २१ ,काठमाडौँ ।  संघीय लोकतन्त्रिक गणतन्त्रात्मक नेपालको पहिलो संघीय संसदको निर्वाचन भएको वर्षगांठको अवसर काठमाण्डौं जिल्ला निर्बाचन क्षेत्र नं ३ का संसद कृष्ण राईको शुभकामना आदानप्रदान तथा चियापान समारोहको सम्पन्न भएको छ ।

शुभकामना आदानप्रदान तथा चियापान समारोहमा राष्ट्रिय सभाका साँसद बलराम बाँस्कोटा, प्रतिनिधि सभा सदस्य सरिता न्यौपाने, प्रदेश सभाका साँसद रामेश्वर फुयाल, छिरिड दोर्जे लामा, प्रदेश कमिटीका अध्यक्ष नारायण दाहाल, सचिव आनन्द पोखरेल, केन्द्रीय सदस्य विश्वनाथ प्याकुरेल, हिमाल शर्मा, कृष्ण केसी लगायतका नेता उपस्थिति रहेको समारोहमा साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा गोकर्णेश्वरका प्रमुख सन्तोष चालिसे, उपप्रमुखशान्ति नेपाल, वडा अध्यक्षहरु श्री कुमार श्रेष्ठ, केशव गुरुङ, नारायण सुबेदी लगायत स्थानीय जनप्रतिनिधिकाहरुको पनि सहभागिता रहेको थियो ।
प्रतिनिधि सभा संसद राईले एक वर्षमा सरकारले धेरै लोकप्रिय कार्यक्रम प्रस्तुत गरेको बताए ।

प्रतिक्रिया