चीनमा जारी मिस वर्ल्ड २०१८ को अन्तिम प्रतिष्पर्धा आज हुँदैछ । विश्वभरका मानिसहरुले आजको दिनको प्रतिक्षा गरेका थिए भने फाईनललाई लिएर धेरै उत्साहित पनि छन् । १ सय २१ देशले सहभागिता जनाएको प्रतियोगिता नेपाली समय अनुसार ४:४५ मा सुरु हुँदैछ ।

प्रतियोगिताको लाईभ हेर्न मिस वर्ल्डको अफिसियल युट्युव च्यानलबाट (यहाँ क्लिक गर्नुहोस) हेर्न सकिनेछ । फाईनलमा नेपालीकी २३ बर्षीय श्रृङखला खतिवडा पनि प्रतिष्पर्धा गर्देछिन् । मल्टिमिडिया र व्युटी विथ प्रपोज गरी २ अवार्ड जितेकी उनलाई यस पटक दावेदार प्रतिष्पर्धीको रुपमा लिएको छ ।
उनको व्यक्तित्व र सुन्दरतालाई विश्वभरका मानिसहरुले वाच गरिरहेका छन् । श्रृङखलालाई जिताउँन बेलुकी ४ बजेसम्म पनि भोट गर्न सकिन्छ । जति धेरै भोट आयो अन्तिम ५ सम्म पर्ने सम्भावना रहेको बताईन्छ ।

यदि उनले मिस वर्ल्डको उपाधी नेपाल भित्राउँन सके उनी भारतपछि मिस वर्ल्ड बन्ने पहिलो दक्षिण एसियाली प्रतिस्पर्धी हुनेछिन् । उनलाई हौसला र समर्थन दिन उनका आमा बाबुसहित २० जनाको टोली केही दिन अघि चीन पुगिसकेका छन् ।
आफु निलो क्राउनको नजिक रहेकोले सबैलाई उनले अनुरोध गरेकीछिन् । हालसम्म मिस वर्ल्डको उपाधी सर्वाधिक जितेका राष्ट्र भारत र भेनेजुएला हुन जसले यसअघि ६ पटकसम्म मिस वर्ल्डको उपाधी जितेका छन् ।
चीनमा जारी मिस वर्ल्ड २०१८ को प्रतिष्पर्धामा रहेकी मिस नेपाल श्रृङखला खतिवडालाई लिएर नेपालीहरुमा उत्साहा देखिएको छ । मल्टिमिडिया र व्युटी विथ प्रपोजको अवार्ड जितेसंगै उनको चर्चा एकाएक चुलिएको छ । मल्टिमिडिया अवार्ड जितेसंगै फाईनलमा प्रबेश गरेकी उनले मिस वर्ल्डकै उपाधी सरह मानिने व्युटी विथ प्रपोजको अवार्ड पनि जितेपछि उनी विश्वभर चर्चित बनिन् ।

भोली डिसेम्बर ८ मा उपाधीको लागि फाईनल प्रतिष्पर्धा हुँदैछ । यसबीचमा श्रृङखलाले सामाजिक सञ्जालमाफर्त भोटको लागि अपिल गरेकीछिन् । उनले नेपाल क्राउनको लागि निकै नजिक रहेको भन्दै उनले सम्पुर्ण नेपालीहरुलाई भोट गर्न आग्रह गरेकीछिन् । साथै हिजोमात्र उनले आफुसंग निकै खुसीको कुरा रहेको र छिट्टै त्यसलाई सार्वजनिक गर्ने पनि उल्लेख गरेकीछिन् ।

श्रृङखलाका लागि अन्य नेपाली सेलिब्रेटीहरुले पनि भोटको अपिल गरिरहेका छन् । अब भने मल्टिमिडिया अवार्डका लागि जसरी फेसबुकमा सेयर कमेण्ट र लाईक गर्देमा भोटिङ काउण्ट हुँदैन । उनलाई भोली प्रतियोगिता हुन्जेलसम्म पनि भोट गर्न सकिन्छ । उनलाई भोट गर्न अब भने तीन वटा माध्यमहरु रहेका छन् । जुन यस प्रकार रहेका छन् ।
मोबस्टार एप बाट यसरी गरौँ भोट