२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

इपिएल टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण आजदेखि शुरु हुँदै

3543 Shares
Spread the love

मंसिर २२, काठमाडौं –
एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण आजदेखि शुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा पुस ७ गतेसम्म चल्ने सो प्रतियोगितामा नेपालका विभिन्न छ शहरको नामबाट छ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्स–११, चितवन टाइगर्स, ललितपुर प्याट्रियर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका प्रबन्ध निर्देशक आमिर अख्तरले जानकारी दिनुभयो ।

आज पहिलो खेल अघिल्लो संस्करणको विजेता विराटनगर वारियर्स र ललितपुर प्याट्रियर्सबीच हुनेछ । प्रतियोगितालाई आइसिसीले मान्यता दिइसकेको छ ।

प्रतिक्रिया