२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

ट्रकले किचेर हङकङको सुरुङमा काम गरिरहेका प्रकाश राईको मृत्यू ( भिडियो )

1288 Shares
Spread the love

प्रकाश राई


हङकङमा सुरुङमा काम गरिरहेका खोटाङका प्रकाश राईको बिहिबार मिनि ट्रकले किचेर मृत्यू भएको छ।

हङकङ युनलोङमा बसोबास गर्दै आएका खोटाङका ४६ वर्षीय प्रकाश राई दुमिको सुरुङमा काम गरिरहेको अवस्थामा मिनि ट्रकले किचेर मृत्यू भएको हो।

बिहिबार करिब साढे नौ बजे ड्रागेज हङकङ कम्पनी अन्र्तगत काम गरिरहेका राई फैन्लिङको शाथाउकोकस्थित लिनताङमा निर्माणाधिन सुरुङमा दुर्घटनामा परेका हुन्।

आफ्नै धुनमा काम गरिरहेका राईलाई सुरुङभित्र पार्किङ गरिएको पुरानो मिनि ट्रक ब्रेक फेल भएर ‘रिभर्स ब्याक’ हुँदा दुर्घटनामा परेका हुन्। भाग्न नपाउँदै राईलाई ट्रकले टाउकोमा किचेको प्रत्यक्षदर्शीले बताएका छन्। उनलाई तत्कालै सेङ सुईस्थित नर्थ डिस्ट्रिक अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

दुर्घटनापछि राईका आमा बाबा र आफन्तहरु अस्पताल पुगेका थिए। ग्यामन कम्पनीमा सुपरिटेन्डेन्ट काम गर्ने खोटाङ समाज हङकङका अध्यक्ष टिका कोयि राईले सुरुमा अस्पतालले विवरण दिन अस्वीकार गरेको र चिनियाँ भाषामा आफूले सम्झाएपछि मात्र मृतकका आफन्तलाई भेट्न दिइएको बताए।

‘मृतकको क्षतविक्षत अनुहार र टाउको सिलाइएको अवस्थामा थियो’, टिकाले भने, ‘अहिले ताइवाईस्थित मुर्दा घरमा राखिएको शव कहिले अन्त्येष्टि गर्ने भन्ने टुङ्गो लागेको छैन।’

एक छोरी र छोराका बाबु प्रकाश एक्लो छोरा हुन्। उनकी आमा लामो समयदेखि प्यारालाइसिस रोगबाट पीडित छिन् भने दिदी मृगौलाको समस्याले पीडित।
नेपालखबरबाट साभार

प्रतिक्रिया