२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

‘सारेगमप’ बाट बाहिरिईन् मेनुका

1063 Shares
Spread the love

चर्चित भारतीय रियालिटी शो ‘सारेगमप’ मा नेपालबाट प्रतिनिधित्व गरिरहेकी एकमात्र गायिका मेनुका पौडेल शोबाट बाहिरीएकीछिन् । उनले सामाजिक सञ्जालमार्फ एक स्टाटस पोस्ट गर्दे यस बारेमा लेखेकीछिन् । टप ११ बाटै बाहिरीएपछि मेनुका लेख्छिन् ‘‘टप ११ सम्म आइपुग्नु मेरो लागी धेरै ठूलो गर्व को कुरा हो, अर्को साल फेरि यो कार्यक्रममा आउनु पर्छ भन्ने लागेको छ।

आज झापा आउदै छु भोलि काठमाडौँ आइपुग्छु, अड्किएका यति धेरै कामहरू अब हामी फटाफट सुरु गर्ने छौ। आशा छ कि यहाँहरु को मायाँ साथ आशिर्वाद सधै रहनेछ” । कम समयमा मेनुकाले शोमा निकै चर्चा कमाएकी थिईन् । उनी चर्चित संगितकार शेखर रबजानियाको टिममा परेकी थिईन् ।उक्त शोमा छनौट भएकी मेनुका पहिलो प्रतिष्पर्धी हुन् ।

उनले जति पटक स्टेजमा आफनो प्रस्तुती दिईन् त्यती पटक नै उनले सबै जुरी मेम्बर र जजहरुबाट स्ट्याण्डिङ ओभिसन पाएकी थिईन् । मेघा अडिसनमा उनले गीत गाउँदा जजहरुले उनको प्रतिभाको जज गर्ने आफनो कुनै औकात नभएको भनी प्रतिक्रिया दिएकी थिईन् । तर पछिल्लो एक एपिसोडमा भने मेनुकाको प्रस्तुती फितलो थियो जसको कारण पनि उनले कम नम्बर ल्याएकी थिईन् ।

मेनुका आउट भएको एपिसोड भने प्रसारण भने भएको छैन । जुन आउँदो एपिसोडमा प्रसारण हुनेछ । नेपाल आईडियलको पहिलो संस्करणमा भाग लिई चर्चामा आएकी मेनुकाले सारेगमपबाट आउँट भएपनि हौसला बटुल्दै आफनो बाँकी रहेका प्रोजेक्टहरु पुरा गर्ने तयारीमा छिन् ।

प्रतिक्रिया