काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्रीका रुपमा केपी ओली पूर्ण असफल भएको दाबी गरेका छन्। शुक्रबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ९ ले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले प्रधानमन्त्रीका रुपमा ओली असफल भएको दाबी गरेका हुन्।
नेता सिंहले प्रधानमन्त्री ओलीले आफूले केही काम गर्न नसकेपछि बुद्धिजिवीमाथि आत्तिएर टिप्पणी गरेको आरोप लगाए। उनले सरकारको कामबारे सत्तारुढ दलका नेताको अभिव्यक्तिले सरकारले केही गर्न नसक्ने सिद्ध भएको बताए। सरकार कता छ भन्ने अवस्थामा पनि प्रतिपक्षले प्रभावकारी भूमिका खेल्न नसकेको आवाज उठेको भन्दै नेता सिंहले आगामी दिनमा प्रतिपक्षका रुपमा नेपाली कांग्रेसले सरकारको सशक्त रुपमा खबरदारी गर्ने बताए।
उनले जनजीवन अस्तव्यस्त हुँदासमेत राजनीतिक दलको संगठन टुलुटुलु हेहेर बस्न नहुने भन्दै सरकारको गलत कामको भण्डाफोर गर्न कार्यकर्तालाई निर्देशन दिए।