२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

सिके राउत पुर्पक्षका लागि जेल चलान

1193 Shares
Spread the love

काठमाडौं– छुट्टै मधेशका मागसहित तराईमा आफ्नो गतिविधि गरिरहेका डा.सिके राउतलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

जिल्ला अदालत रौतहटको आदेशले उनलाई पुर्पक्षका लागि थुनामा पठाइएको हो ।

यसअघि, सर्वोच्च अदालतले सिके राउतलाई रिहा गर्न परेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको थियो । गत सोमबार न्यायाधीशद्वय  दीपकराज जोशी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले रिट खरेज गर्ने निर्णय गरेको थियो ।

राउतलाई प्रहरीले असोज २१ गते रौतहट प्रहरीले पक्राउ गरेको थियो ।

राज्यविरुद्धको संगठित अपराधमा संलग्न भएको आरोपमा राउत विरुद्ध दायर गरिएको मुद्धा अहिले जिल्ला अदालतमा विचाराधीन रहेको थियो ।

गत कातिक १२ गते राउतका आफन्तले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

प्रतिक्रिया