– एम. पि. अर्याल
मनमा अलिकति पीडा हुँदा पनि म गाउँ सम्झन्छु !
खुशीले पुकलित हुँदा पनि म गाउँ सम्झन्छु !
खै किन शहरको झिलिमिली उज्यालो पनि ओेैंसी जस्तो लाग्छ ।
मनभरी प्रकाश जगाउन म गाउँ सम्झन्छु !
रहरले भाग्नेहरु कमै होलान् मुग्लानी यो दुनियाँमा ।
बाध्यताले छोडिएपनि भूमि धुलो मैलो किन नहोस् ।
सुगन्धित त्यही माटो सम्झन्छु !
जननी जन्मभूमि सम्झन्छु !
म गाउँ सम्झन्छु !
कतै पानी मिल्दैन कतै बानी मिल्दैन न सँस्कार, संस्कृति न सभ्यता ।
बिक्री भैसकेको यो जवानी मिल्दैन आँत सुक्दा भिजाउने कलकल पधेंरो सम्झन्छु !
कहिले भिजाउने, कहिले बगाउने मुसलधारे पानी सम्झन्छु !
म गाउँ सम्झन्छु ।
जन्म ठाउँ सम्झन्छु !
नजिक छन्, नजिकिएका छन् ।
स्वार्थले गाँजिएका छन् धन भएर पनि मन नहुनेहरु माझ म अभाबमा हास्नेहरु सम्झन्छु !
पिता पुर्खाहरु सम्झन्छु आमा बुवा सम्झन्छु ।
आत्मियता सम्झन्छु म गाउँ सम्झन्छु !
बनको चरा सरी हुर्किदै गरेका कैयौं सन्ततिहरु छुट्टीएर बनेका टुक्रे परिवारहरु मायाको अभाब देख्छु भोलिको प्रभाव, दुरभाव देख्छु !
हजुरबा, आमा, काकाकाकी दाजुभाई दिदीबैनी फुपु पुसाजु सम्झन्छु इष्टमित्र आफन्त परिवार सम्झन्छु म गाउँ सम्झन्छु ।
परिवार सम्झन्छु ।
न यता न उता कति रहर कति बाध्यता छोडेर भुरुरु उड्न नसक्ने चाहेर पनि कुद्न नसक्ने लाग्छ जन्जिरले बाँधिएको छु !
पखेंटा काटियको छु !
निशब्द, निर्जिब, निराकार छु ! फेरी पनि गाउँ सम्झन्छु !
जन्म ठाउँ सम्झन्छु !
जन्मभूमि सम्झन्छु !
जन्मेको घर ढल्यो मैनिखावा ढले दलिन, मुड्का भाटा ढले त्यो भन्दा पनि बर पिपल जस्ता बा-आमा ढले सम्झना झनै खिल बन्यो बलियो बन्यो अत: जन्म घरको पिढि, आंगन सम्झन्छु!
मझेरि,अगेनो, बुढो ओछ्यान सम्झन्छु रामघाट सम्झन्छु! राम्दी सम्झन्छु !
अस्तु यानेकी खरानी सम्झन्छु अस्ताय पनि जिवनमा बुवा आमा रुप फेरिएका भगवान सम्झन्छु! अझैपनी हरपल गाउँ सम्झन्छु !
जन्मठाँउ सम्झन्छु!
जन्मभूमि सम्झन्छु !!
गाउँ सम्झन्छु!!!