२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

५ करोड लगानीको ‘पासवर्ड’ गीतमा यसरी नाचिन् सन्नि लियोन (फोटो फिचर)

2257 Shares
Spread the love

बलिउड आइटम गर्ल सन्नि लियोनले पछिल्लो पटक एक नेपाली फिल्ममा समेत आफ्नो नृत्य प्रस्तुत गरिन् । सम्पुर्ण छायाँकन लण्डनमा गरिएको फिल्म ‘पासवर्ड’को आइटम गीतमा सन्निले कम्मर मर्काइन् । उक्त गीतको छायाँकनमा मात्रै निर्माण टिमले पाँच करोड नेपाली रुपैयाँ खर्च गर्यो ।

फिल्ममा समावेश हुने ‘सन्नि हो नाम मेरो…’ बोलको गीतमा उनले आइटम डान्स पस्कँदा उनलाई बलिउडका भेट्रान कोरियोग्राफर विष्णु देभाले निर्देशन गरे ।विष्णुदेभा उनै कोरियोग्राफर हुन् जसले सलमान खान देखि शाहरुख खान, अक्षयकुमार जस्ता बलिउड स्टारका फिल्महरुमा नृत्य निर्देशन गरिसकेका छन्, कहलिएका स्टारलाई नचाएका छन् ।

अर्जुन पोखरेलले संगीत भरेको उक्त गीतको भिडियोमा नृत्य गर्न सन्नि ७ जनाको टिम लिएर लण्डन पुगेकी थिइन् । नेपाली फिल्ममा हालसम्मकै सर्वाधिक बजेटमा निर्माण गरिएको उक्त गीतमा सन्निलाई २ सय बढि डान्सरले साथ दिएका छन् । भारत र बेलायतका नृत्याङ्गनाहरु गीतमा सन्निसँगै फिचर छन् । केहि हप्ता पहिले गरिएको भिडियो छायाँकनका केहि अचल दृश्यहरु निर्माण टिमले सार्वजनिक गरेको छ ।

सन्निले दुई करोड भारतिय रुपियाँमा टिमसहित सम्झौता गरेर नेपाली फिल्ममा नृत्य गर्न तयार भएकी थिइन् । साढे चार मिनेटको गीतमा कोरियोग्राफी गर्न सात जनाको टिम सहित विष्णुदेभा सन्निसँगै लण्डन पुगेका थिए । फिल्म टिमले लुक्स आउट नगर्ने भन्दै फिल्ममा समावेश अन्य नेपाली कलाकारहरुको तश्विरहरु भने ‘रिभिल’ गरेको छैन ।

फिल्मका निर्देशक सम्राट बस्नेतले ‘पासवर्ड’को कथा र स्कृनप्लेले गरेको माग अनुसार नै आफ्नो फिल्ममा सन्निलाई नृत्य गर्न भारतबाट लण्डन झिकाएको बताए । २ दर्जनबढि फिल्ममा द्वन्द्व निर्देशन गरेका सम्राटको लागी यो फिल्म ठूलोपर्दाको डेब्यू निर्देशकिय फिल्म हुनेछ ।

एबी इन्टरनेशनलको ब्यानरमा बनेको फिल्मको प्रदर्शन मिति तय भइसकेको छैन । यो फिल्मलाई बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् । एक्सन थ्रिलर जनराको फिल्ममा सौरभ लामाको छायाँकन छ भने बिक्रम जोशी (विक्की), अनुपबिक्रम शाहि, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायत लिड अभिनयमा छन् ।

 

प्रतिक्रिया