२०८३, १६ बैशाख बुधबार
×

ट्रेन्डिङ

बैतडीमा जिप दुर्घटना, ६ जनाको मृत्यु

927 Shares
Spread the love

काठमाडौं ।  बैतडीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका स्थित झौलेकमा मध्यरातमा जिप दुर्घटना हुँदा ६ जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीले जानकारी दिए।

बैतडीको झुलाघाटबाट बझाङको बागथलातर्फ गइरहेको से१ज ७६४ नम्बरको जिप राति ११ बजे दुर्घटना भएको थियो। जिपको पछाडि सवार केही व्यक्ति हाम फालेर जोगिएको प्रहरी उपरीक्षक शाहीले बताए। पाटन र खोड्पेको प्रहरी टोलीले अहिले उद्धार गरिरहेको छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया