1335
Shares
काठमाडौं । गत सोमबार मन्त्रिपरिषद्लाई पूर्णता दिने आश्वासन बाँडेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीनपटक आफ्नो भाका सारिसकेका छन्।
१० दलीय गठबन्धन बनाएर ११ दलको समर्थन पाएका प्रधानमन्त्री दाहालले दिनुभएको बिहीबारको अन्तिम भाकासमेत सरेको छ ।
प्रधानमन्त्री प्रचण्डले गत सोमबार, त्यसपछि बुधबार र पछिल्लोपटक बिहीबार गरी तीनपटक मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा दलहरूलाई आश्वस्त पारेका थिए ।
बिहीबार सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालय भागबण्डाको सहमति जुटेको बताइए पनि मन्त्रिपरिषद् विस्तार हुन सकेन । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।