२०८२, २० चैत्र शुक्रबार
×

ट्रेन्डिङ

‘शान्ति प्रक्रियाका बाँकी काम यथाशीघ्र पूरा गर’

1093 Shares
Spread the love

काठमाडौं । माओवादी धारका राजनीतिक दलहरूले शान्ति प्रक्रियाका बाँकी काम यथाशीघ्र पूरा गर्न सरकारसँग माग गरेका छन् । स्मरण रहोस् हाल सरकार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा रहेको छ । माओवादीकै नेतृत्वमा रहेको सरकारसँग माओवादी धारका अन्य दलले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न माग गरेका हुन् ।

साथै उनीहरूले द्वन्द्वकालीन घटनाको निरुपण गर्ने बहानामा संवैधानिक व्यवस्थाभन्दा बाहिर गएर गर्न नसकिने ठहर गरेका छन् ।

माओवादी जनयुद्ध ताका एउटै पार्टीमा रहेका तर अहिले छुटाछुटै पार्टी गठन गरेका नौ दलले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी द्वन्द्वकालीन घटनाको निरुपण संवैधानिक व्यवस्थाभन्दा बाहिर गएर हुन नसक्ने बताएका हुन् ।

विस्तृत शान्ति सम्झौताको मर्म र भावनाविपरीतका गतिविधिको संयुक्त प्रतिवाद गर्ने निष्कर्षसहित उनीहरूले सरकारलाई आवश्यक कानुन बनाई अविलम्ब शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने बताए ।

दलहरूले विस्तृत शान्ति सम्झौता र नेपालको संविधानले द्वन्द्वकालीन घटनाको निरुपण गर्ने जिम्मेवारी सत्यनिरुपण तथा मेलमिलाप आयोगलाई दिएको भन्दै संवैधानिक व्यवस्थाभन्दा बाहिर जानु शान्ति सम्झौताविरुद्ध हुने चेतावनीसमेत उनीहरूले दिए ।

द्वन्द्वबाट पीडित नागरिक तथा उनीहरूका परिवारलाई न्याय दिलाउने सन्दर्भमा सर्वोच्च अदालतले विद्यमान कानुनमा सुधार गर्न दिएको निर्देशनमा आफूहरूको ध्यान गएको उल्लेख गर्दै संयुक्त अपिलमा भनेका छन्, ‘शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारसँग हामी अपिल गर्दछौं ।’

विस्तृत शान्ति सम्झौता र त्यसलाई आफ्नो अभिन्न अंग मानेको नेपालको संविधानले द्वन्द्वकालीन घटनाको निरुपण गर्ने जिम्मेवारी सत्यनिरूपण तथा मेलमिलाप आयोगलाई दिएको ऐतिहासिक सन्दर्भ संवैधानिक व्यवस्थाभन्दा बाहिर जानु शान्ति सम्झौताविरुद्ध हुने तथ्य स्पष्ट रहेको निष्कर्ष उनीहरूको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया