२०८३, ३१ भाद्र बुधबार
×

ट्रेन्डिङ

कामु प्रधानन्यायाधीशबाट राष्ट्रपतिको शपथ

1865 Shares
Spread the love

काठमाडौं । संवैधानिक व्यवस्थाअनुसार नयाँ राष्ट्रपतिलाई पद तथा गोपनीयताको शपथ प्रधानन्यायाधीशले गराउनुपर्छ। तर मुलुकमा राजनीतिक खिचातानीका कारण एक वर्षदेखि सर्वोच्च अदालतले प्रधानन्यायाधीश पाउन सकेको छैन । अहिले कायममुकायम प्रधानन्यायाधीश छन् ।

प्रधानन्यायाधीश हुने पर्खाइमा रहेका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले नै नयाँ राष्ट्रपतिलाई शपथ गराउनुपर्ने भएको छ । यसअघि प्रधानन्यायाधीशले राष्ट्रपतिलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

संविधानविद् भीमार्जुन आचार्यले कायमुकायम प्रधानन्यायाधीशले राष्ट्रपतिलाई शपथ गराउँदा संविधान प्रतिकूल नहुने बताउँछन् । ‘यति लामो समयसम्म कार्यवाहक प्रधानन्यायाधीश राख्नु राम्रो होइन,’ उनले भने, ‘मुलुकका राष्ट्राध्यक्षको शपथ प्रधानन्यायाधशीबाटै गराउँदा राम्रो हुन्थ्यो। तर कायममुकायम प्रधानन्यायाधीशले शपथ गराउँदा पनि संविधानको प्रतिकूल भने हुँदैन ।’

संविधानको धारा ७१ मा राष्ट्रपति र उपराष्ट्रपतिको शपथसम्बन्धी व्यवस्था छ । संविधानमा राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुन बमोजिम राष्ट्रपतिले प्रधान्यायाधीशसमक्ष र उपराष्ट्रपतिले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । आजको नागरिक दैनिकबाट

प्रतिक्रिया