२०८३, १६ बैशाख बुधबार
×

ट्रेन्डिङ

द्वन्द्वकालका घटनालाई अनन्तकालसम्म अल्झाइराख्न नमिल्ने सर्वोच्चको व्याख्या

1000 Shares
Spread the love

काठमाडौं, फागुन २२। एकआपसमा रङ र अबिर दलेर पानी छ्यापाछ्याप गरी हर्षोउल्लासका साथ आज देशभरका पहाडी क्षेत्रमा होली पर्व मनाइँदै छ । हरेक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्वलाई फागु पर्व पनि भन्ने गरिन्छ । यो वर्ष पहाडी जिल्ला तथा उपत्यकामा सोमबार होली मनाए पनि तराईमा भने मंगलबार होली मनाइँदै छ । गत सोमबार बिहान वसन्तपुरमा तीनतले चिर ठड्याएपछि यसपालिको होली पर्व सुरु भएको हो ।

चिर गाडेपछि वसन्त ऋतुको आगमनलाई स्वागत गर्न भनेर फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म होली खेल्ने परम्परा छ । होलिकै भोलिपल्टबाट ऋतुराज वसन्तको आगमन हुने विश्वास रहेको छ । विशेषगरी, तराईमा विशेष उल्लासका साथ मनाइने होली पछिल्लो समयमा नाचगान गरेर, साथीभाइ एकआपसमा मिलेर मनाउने गरिएको छ ।

असत्यमाथि सत्यको विजय भएको उत्सवका रूपमा रङ दलेर यो पर्व मनाउने गरिन्छ । आसुरी शक्तिकी द्योतक होलिकालाई आगोले भस्म गरी सत्यवादी भक्त प्रल्हादको उद्धारको कथा, भगवान् कृष्ण र नग्न अवस्थामा गोपिनीले नुहाउँदाको प्रसंग तथा कामदेव र रतीको प्रेमकथालगायतका प्रसंग होलीसँग जोडिएको कुरा धार्मिक ग्रन्थमा उल्लेख छ ।

गत साता उठाइएको लिंगोलाई फागु पूर्णिमाका दिन मंगलबार बिहान ढालेपछि यो वर्षको होली सकिनेछ ।

होलीमा रङ र अबिर एकआपसमा छ्याप्ने गरिए पनि पछिल्लो समयमा पानीकै बढि प्रयोग हुने गरेको छ । होलीका बेला भाङको लड्डु, घोट्टालगायत खाएर रमाइलो गर्ने चलन छ ।

प्रहरीले होलीका समयमा हुने आपराधिक घटनालाई रोक्न प्रयास गरेको छ भने मादकपदार्थ सेवन निरुत्साहित गर्न ट्राफिक प्रहरीले मापसे जाँच गर्ने भएको छ । होलीको नाममा विभिन्न कार्यक्रम हुने गरेका छन् । नाचगान र रङ छ्यापेर मनाइने होलीमा कलाकारले सांगीतिक कार्यक्रम गर्ने गरेका छन् ।

होलीसँग जोडिएका कथा होलीबारे विभिन्न कथा प्रसंगहरू जोडिएका छन् । आसुरी शक्तिकी द्योतक होलीकालाई आगोले भस्म गरी सत्यवादी भक्त प्रल्हादको उद्धारको कथा, भगवान् कृष्ण र नग्न अवस्थामा गोपीनीहरूले नुहाउँदाको प्रसंग तथा कामदेव र रतीको प्रेमकथालगायतका प्रसंग होलीसँग जोडिएको धार्मिक ग्रन्थमा उल्लेख छन् । यसैगरी, बन्दी बच्चालाई राक्षस ढुण्डाको पन्जाबाट मुक्ति दिलाएको अवसरमा फागु खेल्न थालिएको प्रसंग धार्मिक ग्रन्थमा रहेको छ ।

पौराणिक भनाइ अनुसार प्राचीन समयमा अथवा सत्य युगमा नास्तिक हिरण्यकश्यप नामक एक जना राक्षसको जन्म भएको थियो । हिरण्यकश्यपलाई भगवान् विष्णुले नृसिंह अवतार लिएर मारेका थिए । हिराण्यकशिपुका छोरा भक्त प्रह्लाद थिए । भक्त प्रह्लाद भगवान् विष्णुका निकै भक्त थिए । आफ्नै छोरा प्रह्लाद भगवान् विष्णुलाई भज्ने गरेको हिरण्यकश्यपलाई मन परेको थिएन । त्यसैले उसले प्रह्लादलाई मार्न धेरै योजना बनाएको थियो ।

एक योजनाअनुसार हिरण्यकश्यपले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिका (जसलाई अग्निले पनि डढाउन नसक्ने) वरदान पाएकी थिइन् । दाजुको आदेशानुसार होलिका प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकाले होलिका जलेर नष्ट भइन् तर प्रह्लादलाई केही भएन ।

होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ र अबिर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ भने अर्को एक प्रसंगअनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी कंशकी सेना पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिएकाले त्यसको शवलाई ब्रजवासीले यसै दिन जलाई आपसमा रङ र अबिर छरी खुसियाली मनाएकाले त्यसैको सम्झनामा अद्यावधिक चिरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ ।

प्रतिक्रिया