1465
Shares
काठमाडौं । माओवादी आन्दोलनका नेताहरु आज एउटै कार्यक्रममा सहभागी हुँदैछन् । शहीद तथा बेपत्ता योद्धा सन्तति फाण्डेसनले आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयको अन्तक्रियामा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरु सहभागी हुन लागेका हुन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानस्थित पुस्तकालय हलमा आज दिउँसो १२ बजे हुने कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम् नेसपाका अध्यक्ष डा.बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द (विप्लव), नेकपा माओवादी बहुमतका नेता धर्मेन्द्र बास्तोला, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी लगायतका नेताहरु सहभागी हुन लागेका हुन् ।