२०८३, १६ बैशाख बुधबार
×

ट्रेन्डिङ

प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रपतिसमक्ष सरकारको वार्षिक प्रतिवेदन बुझाउँदै

1191 Shares
Spread the love

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज नेपाल सरकारको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन बुझाउँदै छन् ।

आज दिउँसो तीन बजे राष्ट्रपति कार्यालय शितल निवासमा नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम सो प्रतिवेदन बुझाउन लागिएको हो ।

संविधानको भाग ४ मा उल्लिखित राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयनका सम्बन्धमा गरेका काम तथा प्राप्त उपलब्धिसम्बन्धी धारा ५३ बमोजिमको वार्षिक प्रतिवेदन एवं नेपाल सरकारले गरेका प्रमुख कार्यको विवरण समावेश गरिएको प्रतिवेदन राष्ट्रपति समक्ष बुझाउने तयारी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रतिक्रिया