1173
Shares
काठमाडौं। नयाँ पुल बनाउन र सडक मर्मत गर्न गत पुस ५ गतेदेखि दैनिक चार घण्टा बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि नियमित सञ्चालनमा आउने भएको छ ।
पुल बनाउने र सडक मर्मत कार्य सम्पन्न भएकाले आजदेखि उक्त सडक खण्डमा नियमित सवारी साधन आवतजावत हुने भएका छन् । गत पुस ५ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म दैनिक चार घण्टा बाटो बन्द हुँदै आएको थियो ।
सो सडकमा पाँच वटा पुल निर्माणाधीन अवस्थामा छन् । पुरानो पुलसँगै अर्को पुल बनाउनका लागि भित्ता काटिएको हो । अब तुइन खोलाको भित्तो काट्न बाँकी रहेको र त्यसका लागि बिस्फोट गराउन अनुमति लिने प्रक्रियामा रहेको पनि आयोजनाले जनाएको छ ।