२०८३, १६ बैशाख बुधबार
×

ट्रेन्डिङ

सुदुरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिदै, मत लिन सकस

1106 Shares
Spread the love

काठमाडौं । सुदुरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन दुईवटा पार्टीले सर्त राखे पछि पुनः अन्यौल सिर्जना भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिदैछन् ।

नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टीले राखेका सर्तका कारण विश्वासको मत अन्यौलमा परेको छ । माओवादी केन्द्रले यथास्थीतिमा मत दिन नसक्ने भन्दै केन्द्रिय कार्यालय, पेरिसडाँडालाई खबर गरेको छ भने उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले दलिय सहमतीको लिखित हस्ताक्षर बिना बिश्वासको मत दिन नसक्ने अडान राखेकी छन्। दुवै पार्टीले मन्त्रालय भागबन्डामा कांग्रेस अनुदार देखिएको भन्दै तत्काल मत दिन नसकिने जनाएका हुन ।

मुख्यमन्त्री बन्दा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि माघ २६ गते एमाले नेतृत्वमा बनेको राजेन्द्र सिंह रावल नेतृत्वको सरकार ढलेको थियो । रावलले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा कांग्रेस प्रदेश संसदीय दलका नेता कमल बहादुर शाह मुख्यमन्त्री बनेका थिए ।

माओवादी केन्द्र र नेपाली कांग्रेसको केन्द्रमा गठबन्धन बनेपछि सुदुरपश्चिममा भने कांग्रेस ढुक्क देखिएको थियो तर शनिवार दुवै दलले सर्त राखे पछि मुख्यमन्त्री शाह भने अन्यौलमा परेका छन् । यद्धपी विश्वासको मत लिनु अघिसम्म दुवै दलसँग सहमति भएर विश्वासको मत पाउने विश्वास मुख्यमन्त्री शाहले गरेका छन् । आजपनि शाहले दुवै दलसँग बार्ता र छलफल गर्नृे कांग्रेस नेताहरुले जनाएका छन।

प्रतिक्रिया