२०८३, १६ बैशाख बुधबार
×

ट्रेन्डिङ

प्रदेश १ को नाम कोशी राखेकोमा जसपाको आपत्ति

1807 Shares
Spread the love

काठटमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश १ को नाम कोसी राखेकोप्रति आपत्ति जनाएको छ। जसपाको प्रदेश १ समिति र पहिचानमा आधारित राष्ट्रिय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी नामकरणको विरोध गरेका हुन्।

‘कोसी प्रदेश हुनुपर्छ भनेर कहीँ कतै आन्दोलन भएन। कहीँ कतैबाट नमागेको नाम जबरजस्ती थोपर्नु कत्तिको न्यायोचित हुन्छ ?’ प्रदेश अध्यक्ष दीपक याक्खाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रदेशको नाम ऐतिहासिक थातथलो, भाषा, संस्कार संस्कृति र सभ्यताको पहिचानलाई सम्बोधन हुने गरी लिम्बुवान किरात शेर्पालुङ प्रदेश हुनुपर्छ भन्ने मत जसपा, नेपालले राख्दै आएको छ।’ ऐतिहासिक पहिचानको आधारमा प्रदेशको नामकरण नभएसम्म संघर्ष चर्काउने पनि सार्वजनिक विज्ञप्तिमा उल्लेख छ।

पहिचानमा आधारित राष्ट्रिय समितिले पनि विज्ञप्ति जारी गरी षड्यन्त्रपूर्वक कोशी प्रदेश नामकरण पछि त्यो क्षेत्रको राजनीतिक कोर्स परिवर्तन भएको र यस भूमिमा विद्रोहको दीर्घकालिन बिजारोपण गरेको उल्लेख छ।

प्रतिक्रिया