२०८३, १६ बैशाख बुधबार
×

ट्रेन्डिङ

स्वदेश फर्कदै नेपाली यू-१९ क्रिकेट टीम

1690 Shares
Spread the love

काठमाडौं। नेपाली यू-१९ क्रिकेट टीम आज आज स्वदेश फर्किँदैछ। आगामी वर्ष श्रीलंकामा हुने यु १९ को विश्वकपमा स्थान पक्का गरेर नेपाली टोली आज स्वदेश फर्कन लागेको हो। नेपाली टोली साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने बताइएको छ।

बिहीबारको खेलमा यूएईलाई ७ रनले हराएर यू(१९ विश्वकपमा नेपालले ८ वर्षपछि स्थान पक्का गरेको हो। यसैबीच विश्वकपमा छनोट भएको नेपाली यू–१९ क्रिकेट टिमका हरेक सदस्यलाई क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले एक(एक लाख रूपैयाँ पुरस्कार दिने घोषण गरेको छ।

८ वर्षपछि युएईलाई हराउँदै नेपाली यू–१९ टिम विश्वकपमा छनोट भएको हो। क्यानले सरकारलाई पनि उचित सम्मान गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया