२०८३, १६ बैशाख बुधबार
×

ट्रेन्डिङ

युगान्डाकी युवतीको काठमाडौँमा यौनधन्दा

1818 Shares
Spread the love

काठमाडौं। दक्षिण अफ्रिकी मुलुक युगान्डाका युवतीलाई नेपाल झिकाएर यौन व्यवसाय सञ्चालन गर्ने गरेको पाइएको छ।

पर्यटक भिसामा गत साउन २३ गते युगान्डाबाट नेपाल आएकी २५ वर्षीया नतासा भनिने इमाकुलेट नावासुम्बाले युगान्डाका युवतीलाई प्रलोभनमा पारी नेपाल बोलाएर यौन व्यवसायमा लगाउने गरेको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ। पीडितको जाहेरीपछि नतासालाई ब्युरो प्रहरीले आइतबार ठमेलबाट पक्राउ गरेको थियो।

काठमाडौँको ठमेलस्थित होटल जर्नी होम प्रालिमा बस्दै आएकी नतासाले यौनजन्य धन्दा नै सञ्चालन गरेको पाइएको जानकारी ब्युरोका प्रवक्ता कृष्ण पङ्गेनीले दिए। मासिक पाँच सय अमेरिकी डलरमा सफाइ (क्लिनर, वेट्रेस) लगायतका काममा रोजगारी दिलाइदिने भन्दै पर्यटक भिसामा बोलाइएका युवतीलाई जबर्जस्ती यौन व्यवसायमा लगाउने गरेको प्रहरीले जनाएको छ।

गत माघ ८ गते हवाई मार्ग हुँदै नेपाल आएकी युगान्डाकी २५ वर्षीय युवतीलाई आफू बसेको होटलमा राखी नतासाले नेपाली तथा भारतीय मूलका युवकसँग जबर्जस्ती यौन क्रियाकलापमा लगाएको उजुरीपछि पक्राउ गरिएको ब्युरोका प्रवक्ता पङ्गेनीले जानकारी दिए। ती पीडित युवतीले शारीरिक सम्पर्क गर्न इन्कार गरेपछि पीडित र पडितको परिवारलाई ज्यान मार्ने धम्की दिई दैनिक सात जना पुरुषसँग जबर्जस्ती यौन क्रियाकलापमा लगाएको पाइएको छ। लगातार शारीरिक सम्पर्कबाट बिरामी परेपछि पीडित युवती होटलबाट निकालिएकी थिइन्।

गत शनिबार युगान्डा फर्कनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी पीडितको हवाई टिकट पीडक नतासाले रद्द गरिदिएपछि पीडित युवतीले आइतबार ब्युरोमा पुगेर जाहेरी दिएकी थिइन्। ब्युरोका अनुसार पक्राउ परेकी नतासा स्वयं यौन व्यवसायमा संलग्न हुँदै आएको र ग्राहकको व्यवस्थासमेत गर्ने गरेको पाइएको छ।

उनले युगान्डाका अन्य महिलालाई समेत नेपाल झिकाई यौनकार्यमा लगाउने गरेको, काठमाडौँका रात्रिकालीन व्यवसायबाट ग्राहक खोज्ने गरेको र प्रतिव्यक्ति चाररपाँच हजार रुपैयाँसम्म लिएर यौन क्रियाकलापमा लगाउने गरेको पाइएको प्रहरीले जनाएको छ। गोरखापत्र दैनिकबाट

प्रतिक्रिया