२०८३, १६ बैशाख बुधबार
×

ट्रेन्डिङ

कर्मचारी सरुवामा प्रधानमन्त्री सचिवालयको ‘अस्वाभाविक’ रुचि

1094 Shares
Spread the love

काठमाडौं। कर्मचारी सरुवा नियमित प्रक्रिया भए पनि प्रधानमन्त्री, मन्त्री तथा उनका सचिवालमा रहनेहरूले अस्वाभाविक चासो राख्न थालेपछि सरुवा विवादित हुने गरेको छ । यस्तो रुचि राख्ने परम्परा वर्षौंदेखिको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै गरेको सहसचिव र उपसचिवका सरुवामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय एवं प्रधानमन्त्रीको सचिवालयबाट अनावश्यक हस्तक्षेप भएको प्रधानमन्त्री कार्यालय स्रोतको दाबी छ । स्रोतका अनुसार सो हस्तक्षेपका कारण सरुवा सूची धेरैपटक सच्याउनुपरेको थियो भने सरुवा सूची सार्वजनिक गर्न निकै हम्मे परेको थियो ।

सहसचिव र उपसचिवको सरुवा सूची धेरैपटक सच्याउन परेको र बारम्बार टिपेक्ससमेत लगाउनुपरेकाले सो सरुवा विवादित हुन पुगेको बताइन्छ । सामान्यको सरुवामा केही चलखेलसमेत भएको बताइन्छ । केही समयअघि गृह मन्त्रालयले गरेको सहसचिव र हालै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको सहसचिव तथा उपसचिव सरुवामा विकृति देखिएपछि सरुवा विवादित हुन पुगेको हो ।

कर्मचारी सरुवासम्बन्धी स्पष्ट र वैज्ञानिक मापदण्ड बनाउन नसक्दा सरुवामा बढी सोर्सफोर्स चल्ने गरेको छ । यसअघि बनाइएका कैयौं मापदण्ड भने निष्क्रिय अवस्थामा राखिएको छ । जसका कारण मापदण्डको इमानदारितापूर्वक कार्यान्वयन हुन सकेको छैन । स्रोतका अनुसार हाल प्रधानमन्त्री प्रचण्डले गृह, स्थानीय तह, भौतिक पूर्वाधार, सिँचाइ, पर्यटनलगायतका निकायमा कर्मचारी सरुवा गर्दा बढी नै रुचि राख्ने गरेको अधिकारीको भनाइ छ ।

यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायले गर्ने अन्तर मन्त्रालयस्तरका सरुवामा समेत प्रधानमन्त्रीको सचिवालयले अनावश्यक चासो राखेको पाइएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया