२०८३, ४ कार्तिक मंगलवार
×

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

1344 Shares

काठमाडौं । प्रदेश १ को नाम कोसी प्रदेशको नामाकरणको उपलक्ष्यमा आज सार्वजानिक बिदा घोषणा गरिएको छ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नामाकरणको उपलक्ष्यमा आज प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजानिक संस्थान, प्रतिष्ठान तथा शैक्षिक संस्थाहरुमा सार्वजानिक बिदा दिने जानकारी गराएको छ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले सार्वजानिक बिदा दिने निर्णय गरेको हो। प्रदेशको नाम कोसी राख्ने प्रस्ताव बुधबार प्रदेशसभाले दुई तिहाइले पारित गरेको थियो। यो प्रदेशको नाम कोसी राख्न गरिएको प्रस्तावको पक्षमा ८२ र विपक्षमा ४ मत परेको थियो। यो संख्या दुई तिहाइभन्दा बढी हो। यो प्रदेशसभा ९३ सदस्यीय छ।

प्रतिक्रिया