२०८३, १६ बैशाख बुधबार
×

ट्रेन्डिङ

आज कोसी, बागमति र गण्डकीका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

1022 Shares
Spread the love

काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभाव रहनुका साथै स्थानीय वायुको आंशिक प्रभावले देशका विभिन्न भागमा मौसम बदली भइरहेको छ। अहिले बिहान गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

त्यसैगरी आज राती प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया