२०८३, २९ श्रावण शुक्रबार
×

ट्रेन्डिङ

यस वर्षको तिहारमा सस्तियो फूलको मूल्य

1730 Shares
Spread the love

काठमाडौँ । यस वर्षको तिहारमा नेपाली बजारमा फूल धेरै सस्तोमा पाईएको छ। तिहारको फूल खरिद गर्नका लागि काठमाडौंको असन, न्यूरोड र इन्द्रचोक पुगेका सर्वसाधारणले फूल गत वर्षको भन्दा धेरै जस्तोमा पाइएको बताएका हुन्।

उनीहरुले भारतबाट अत्याधिक फूलको आयात भएकाले पनि नेपाली बजारमा फूलको मूल्य ह्वात्तै घटेको पनि जानकारी गराएका छन। ठमाडौंका यादवेन्द्र श्रेष्ठले फूल धेरै सस्तोमा खरिद गर्न पाइएको बताए। यता, फूल व्यापारीहरुले भने भारतबाट अत्याधिक मात्रामा भित्रिएकाले यस वर्षको तिहारमा फूलको व्यापार घटन भएको बताएका छन्।

काभ्रे कोशीपारिका व्यापारी राजेश्वर गौतमले गत वर्ष ४ हजारमा बेचिएको फूल यस वर्ष २ सयमा पनि विक्री हुन नसकेको गुनासो गरे। नेपालमा यस वर्ष फूलको उत्पादन धेरै भएकाले पनि यसको मूल्य घटन भएको हो। काभ्रे पाँचखालका फूल व्यवसायी सरोज कारिदासले नेपालमा धेरै उत्पादन भएकाले पनि फूलको व्यापार घटन गएको बताएका छन्।

तिहारलाई फूलको पर्वको रुपमा पनि लिईन्छ । तर यस वर्षको तिहारमा धेरै उत्पादन भएका कारण सस्तोमा फूलको व्यापार गर्नु परेको व्यवसायीहरुको भनाई छ। तिहार पर्वमा सयपत्री, गोदावरी र मखमली फूलको प्रयोग गर्ने गरिन्छ।

प्रतिक्रिया