२०८३, २९ श्रावण शुक्रबार
×

ट्रेन्डिङ

“हजामदेखि जुत्ता पालिस गर्नेलाई कर लगाईयो” :- खाँण

2589 Shares
Spread the love

कार्तिक २२ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले प्रदेश सरकारलाई अख्तियारी दिने र संघीयता कार्यान्वयन सन्दर्भमा प्रधानमन्त्रीको गम्भीर्यता नदेखिएको बताएका छन् ।

नेपाल प्रेस युनियन धनुषा शाखाद्वारा बुधबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतकसमेत रहेका खाँणले सरकारले संविधानविरोधी क्रियाकलाप गरिरहेको भन्दै सोकोविरूद्धमा कांग्रेसले छठपर्वपछि रचनात्मक र संघर्षशील कार्यक्रम सन्चालन गर्ने जानकारी दिए ।

मुुलुकमा हिंसा, महँगी, करवृद्धि, मूल्यवृद्धि र असुरक्षाका कारण जनता कस्टकर अवस्थामा रहेको उनको भनाइ थियो ।उनले ‘हजामदेखि जुत्ता पालिस गर्नेलाई कर लगाएको, घर करका कारण घर बेच्नुपर्ने अवस्था सिर्जना गरेको, महँगीले जनताको आम्दानी घट्ने क्रियाकलाप गरेकाले मुलुक अस्थीर बनेको छ’–भने । रासस

प्रतिक्रिया