1447
Shares
कार्तिक २२ -हुम्ला सदरमुकाम सिमकोटमा पहिलोपटक गाडी पुगेको छ । हिल्सा–सिमकोट ९५ किलोमिटर ट्र्याक खुलेसँगै सडक डिभिजन कार्यालय हुम्लाले सिमकोटमा गाडी पु¥याएको हो । चिनियाँ रोडमा नेपाली गाडी चलाउन नमिल्ने भएकाले २ लाख ४० हजार ढुवानी खर्च तिरेर हिल्सा नाकासम्म गाडी ल्याएको हिल्सा–सिमकोट सडक आयोजना प्रमुख शशांक मिश्रले भने ।
‘चीनबाट नेपाली गाडी गुडाउन नमिल्ने भएकाले रसुवा नाकादेखि चीनको ताक्लाकोटसम्म कन्टेनरमा गाडी ल्यायौँ,’ मिश्रले भने ।हिल्सा नाकाबाट नौ दिनमा सिमकोट गाडी पु(याएको हिल्सा–सिमकोट सडक आयोजनाका चालक नरबहादुर लामाले बताए । ‘तीनवटा लेक क्रस गरेर गाडी ल्याउनुप(यो,’ उनले भने, ‘खाद्यान्न सामग्री साथमा थियो, जहाँ पुग्दा रात पर्छ त्यहीँ खाएर सुत्थ्यौँ ।’ नयाँ पत्रिकामा खबर छ ।