२०८३, २९ श्रावण शुक्रबार
×

ट्रेन्डिङ

बिरामी भएको ३ सातापछि प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रममा

1767 Shares
Spread the love

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेको तीन सातापछि बुधबार पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएका छन्।

चिकित्सकहरुको परामर्शमै प्रधानमन्त्री ओली महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १० औं जन्मजयन्तिको अवसर पारेर बुधबार काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित कार्यक्रममा सहभागी भएका हुन्।

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा पहिलो पटक सार्वजनिक हुनु भएका प्रधानमन्त्री ओलीले सदाझैं व्यंग्य मिश्रित भावसहित भाषण गर्न पनि भ्याए।

उनले भाषणको सुरुवातमै सबैलाई प्रमुख अतिथि भनेपनि हल हाँसोले गुञ्जयमान भएको थियो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले महाकवि देवकोटा जस्तो विद्धान कवि विश्वमा कहीँपनि नभएको पनि स्मरण गराए।

प्रधानमन्त्री ओलीले महाकवि देवकोटालाई बेगवान कविको रुपमा पनि चित्रण गरे। उनले अत्याधिक धु्रमपान गरेर देवकोटाले गम्भिर भूल गरेको तथ्य पनि त्यस अवसरमा स्मरण गराए।

कार्यक्रममा साहित्यकारहरुले महाकवि देवकोटाको व्यक्तित्व र कृतित्वको स्मरण गर्दै कविता बाचन गरेका थिए । यसैबीच, प्रधानमन्त्री केपी ओली आफूहरुले दिएको सुझाव अनुसार नै बुधबारबाट सार्वजनिक कार्यक्रममा सहभागी उल्लेख गर्दै त्यसले कुनै असर नपार्ने वरिष्ठ चिकित्सक अरुण सायमीले बताए।

प्रधानमन्त्री ओलीसँगै महाकवि देवकोटाको जन्मजयन्ति कार्यक्रममा पुग्नु भएका उहाँले कला र साहित्यमा मरिमेट्ने प्रधानमन्त्री ओलीलाई धेरै नबोल्न भने पुनः सुझाव दिए।

प्रधानमन्त्री ओली छातिमा समस्या देखिएपछि तीन साता अघि महाराजगंजस्थित मनमोहन भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारका लागि भर्ना भएका थिए।

प्रतिक्रिया