२०८३, २९ श्रावण शुक्रबार
×

ट्रेन्डिङ

कुलमान भन्छन् “मन खोलेर बत्ती बाल्नुस, समस्या छैन”

1424 Shares
Spread the love

कार्तिक २१ -नेपालीहरुले भोग्दै आएको कहाली लाग्दो अन्धकारलाई हटाएर खुसी दिएका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ यतिबेला सबैको प्रशंसाको पात्र बनेका छन् । पोहोरसम्म तिहारमा अन्धकार देख्नु परेका नेपालीहरुले यस पटकको तिहारमा भने मन खोलेर झिलिमिली पार्न पाउँने भएका छन् ।

पहिलो पटक प्राधिकरणको भवन समेत झिलीमिली पारेर सजाईएको छ त्यो भने लक्ष्मी पूजाको साँझ दिल खोलेर बत्ती बालून् भन्ने सन्देश दिन । उनले भने “हामीले भवन सिंगारेका छौं, यो प्रतीकात्मक हो। तपाईंहरू पनि दिल खोलेर बत्ती बाल्नुस् भन्ने सन्देश दिएका हौँ । “आज साँझ १२७० मेगावाट बिजुली माग हुने अपेक्षा छ, त्योभन्दा बढी भयो भने पनि हामी व्यवस्थापन गर्न सक्छौं। समस्या छैन।”

पोहोरसम्म तिहारमा कम बिजुली खपत गर्न आग्रह गरिएको थियो तर यस पटकको तिहारमा भने नेपालीहरुले मन खोलेर घर सजाउँन पाउँने छन् । उनी भन्छन् “यसपाली हाम्रो उत्पादन बढेको छ, चोरी नियन्त्रण भएको छ, आयात पनि विश्वासनीय भएको छ तर त्यसको तुलनामा पिक आवरको लोड बढेको छैन,” कुलमान ले भने, “त्यसैले हामीलाई समस्या छैन।”

प्रतिक्रिया