1257
Shares
सांकेतिक तस्बिर
काठमाडौँ । दक्षिण कोरियामा आज एक नेपालीको काम गर्दागर्दै मेशिनमा च्यापिएर मृत्यु भएको छ। पाँचथरको फिदिम नगरपालिकाका राजेश तुम्बापोको मेशिनले च्यापिएर मृत्यु भएको सियोलस्थित नेपाली दूतावासका श्रम कन्सुलर दिल्लीराम बाँस्तोलाले जानकारी दिए।
तुम्बापो दुई वर्षअघि इपिएसमार्पत कोरियामा एक प्लास्टिक कम्पनीमा काम गर्दै आएका थिए। मृतकको शवपरीक्षणका लागि अस्पतालमा राखिएको छ।
नेपाली कामदारका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा विभिन्न कारणबाट मृत्यु हुने नेपालीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ।