२०८३, २९ श्रावण शुक्रबार
×

ट्रेन्डिङ

उत्कृष्ट प्रस्तुतीसंगै मेनुका पौडेल ‘सारेगमप’ टप १५ मा (भिडियो सहित)

1360 Shares
Spread the love

नेपाली रियालिटी शो नेपाल आइडलमार्फत सबै नेपालीको मन जितेकी गायिका मेनुका पौडेल सारेगमप टप १५ मा मा छनौट हुन सफल भएकीछिन् । उनले गएको एपिसोडमा लता मंगेशकरको आवाजमा रहेको गीत “लुकाछुपी बहुत हुई” बोलको गीत गाएकी थिईन् । कार्यक्रममा मेनुकाले यस पटकपनि सबै जज तथा जुरी मेम्बरबाट स्ट्याण्डिङ ओभिसन पाएकी थिईन् ।

उनले आफनो प्रस्तुती दिईरहँदा उपस्थित जजहरु सोना , शेखर र अथिती जज अमाल मल्लिक मन्त्रमुग्ध भएका थिए । उता मेनुकाले गीत गाईरहँदा दर्शक दिर्घमा बसेकी उनकी आमालाई सोही ठाँउमा गएर सोनाले साथ बसेर प्रस्तुती हेरेकी थिईन् । मेनुका चर्चित संगितकार शेखर रबजानीयाको टिममा पर्न सफल भएकीछिन् । जहाँ उनलाई चुनौती बन्न सक्छिन् मणिपुरकी अर्की दृष्टीबिहिन प्रतिष्पर्धी मन्दिाकिनी ।

यसअघि पनि मेनुकाले दिएको प्रस्तुतीमा जजको रुपमा रहेका संगितकार शेखर रबजानी , सोना मोहपत्रा र वाजिद खानले मेनुकाको खुलेर प्रशंसा गरे भने शेखरले त आफनो आँसु थाम्नै सकेका थिएनन् र उनको प्रतिभाको जज गर्ने आफनो औकात नै नभएको बताएका थिए । नेपाली रियालिटी शो नेपाल आइडलमार्फत सबै नेपालीको मन जितेकी गायिका मेनुका पौडेलको सुमधुर आवाजले यतिबेला भारतीय मिडियामा चर्चा कमाईरहदा सम्पुर्ण नेपालीहरु गर्वले खुसी छन् ।

नेपाल आइडलबाट अपेक्षितरुपमा बाहिरीएकी उनले त्यसपछि पनि आफनो सांगेतिक प्रस्तुतीलाई रोकिनन् । त्यस समयता उनले पाश्र्व गायनसंगै केही सुमग गीतहरु गाईन् । सुमधुर स्वर, नम्र अनि मिजासिलो बोली, संगीत प्रतिको लगाव मेनुकाका व्यक्तित्व हो । एक मन्दिरमा भजन गाउँदै गरेको अवस्थामा उनको स्वरबाट प्रभावित भई काठमाडौँमा स्थाई बासिन्दा रहेका एक परिवारले उनलाई धर्म छोरी बनाएर राखेका छन् ।

उनै धर्म आमा बाबुको साथ सहयोग नै उनको साङ्गीतिक यात्रा अगाडी बढ्ने माध्यम बन्यो । उनले छोटो समयमा पाएको चर्चाले उनको शारीरिक अशक्ततालाई बिर्साएको थियो । सांगेतिक क्षेत्रमा केही गर्ने सोचका साथ लागि परेकी उनी भारतकै चर्चित गायन रियालिटी शो सारेगामापा मा अडिसन राउण्डबाट सेलेक्ट भएकी थिईन् । नेपालमा पहिलो पटक सारेगामापा को अडिसन भएको थियो जसबाट उनी चुनिएकी थिईन् । अब हेरौँ जन्मिदै दृष्टीबिहिन रहेकी मेनुकाको अवको सांगेतिक यात्रा कहाँसम्म पुग्छ ।

प्रतिक्रिया