२०८३, २९ श्रावण शुक्रबार
×

ट्रेन्डिङ

अज्ञात समूहको आक्रमणबाट बर्दियामा एकको मृत्यु

749 Shares
Spread the love

गुलरिया : बर्दियाको बढैयाताल गाउँपालिका-३ स्थित गोबरियामा एक जनाको हत्या भएको छ।अज्ञात समूहको आक्रमण बाट ३५ वर्षयी मोहन खटिकको मृत्यु भएको हो।  सोमबार राति २ बजे भएको घटनामा घाइते भएका खटिकलाई नेपालगञ्जस्थित नर्सिङ्ग होममा उपचारका लागि राति नै पुर्‍याएको थियो।

बिहान ४: ४० बजे अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्र प्रसाद मैनालीले बताए। मृतक खटिककी श्रीमतीले गोली प्रहारबाट श्रीमानको मृत्यु भएको दावी प्रहरीसमक्ष गरेकी छन्।

घटनाबारे अनुसन्धान भैरहेको  एसपी मैनालीले बताए। ‘हामीले घटनास्थलमा कुकुर प्रयोग गरेर अनुसन्धान गरिरहेका छौं।कुकुरले सुँघेपनि मानिसलाई टार्गेट गरेन।’ घटनाको थप अनुसन्धान जारी छ।’

प्रहरीले अनुसन्धानका क्रममा शोधपुछका लागि ४ जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी नायव निरीक्षक विनयबहादुर चन्दले पोष्टमार्टमको रिपोर्ट नआएसम्म घटनाबारे भन्न नमिल्ने बताए।  ‘पेटमा प्वाल जस्तो देखिन्छ, एक्सरे रिपोर्टमा गोलीजस्तो देखिएको छ। निरीक्षक चन्दले भने,’ मृतक राँगा व्यापारी भएकाले लेनदेनको विषयमा विवाद भएको हुनसक्छ।’

प्रतिक्रिया