एजेन्सी । उ युवक निकै शानदार डान्स गरिरहेको थियो । मानिस उसको डान्स मन पराईरहेका थिए । बस यही कुरा त्यहाँ रहेका दोस्रो व्यक्तिलाई मन परेन र उसले डान्सर युवकलाई बिच बजारमा गोलिले उडाइदियो ।
घटा स्थलमै डान्सर युवकको मृत्यु भयो । यो घटनाको रहस्य पत्ता लगाउँदै प्रहरीले आरोपीलाई गिरफ्तार गरेको छ ।
हत्याको यो घटना भारतको बिहारमा २४ अक्टुबर भएको हो । त्यस दिन मन्दिर मार्गमा मानिसहरु वाल्मिकी जयन्तीको खुसी मनाइरहेका थिए । गानाबजाना चलिरहेको थियो । सोही खुसीयालीमा २१ वर्षीय अभिनाश पनि थियो । उ निकै राम्रो डान्स गरिरहेको थियो । मानिसहरु उसलाई देखेर तालि बजाइरहेका थिए ।
ठिक त्यसैबेला भीडबाट आएर अर्को युवक रिषभ पनि डान्स गर्न लाग्यो । यस्तो लाग्थ्यो दुबैबीच कुनै प्रतियोगिता भइरहेको छ । तर मानिसहरु अभिनाशतर्फ नै केन्द्रित थिए । यसप्रकारले रिषभले अघोसित प्रतियोगिता हार्यो ।
अभिनाशले जितको अुसीमा रिषभलाई हल्का धक्का दियो । यही कुरा रिषभका लागि ठूलो भयो । मदिराको नशामा चुर रिषभले आफ्नो भाई चैतन्यलाई थप्पड हान्यो र फेरि डान्स गर्न लाग्यो । यसैबीचमा अभिनाशलाई उसले गोली हान्यो । तर कसैलाई थाहा भएन गोली कसले चलायो ।
यसपछि रिषभ र चैतन्य त्यहाँबाट भागे । गोली लागेपछि अभिनाश लड्यो ।
मानिसहरुले उसलाई तत्काल अस्पताल पनि लगे । तर, अस्पताल पुग्दा उसका प्राणपखेरु उडिसकेका थिए ।
घटनाको अनुसन्धानमा प्रहरीलाई शुरुमा प्रत्येक्षीदर्शी फेला परेनन् । तर प्रहरीले मोबाइल फूटेज फेला पार्यो जसमा अभिनाशसँग नाच्ने र गोली हान्ने रिषभ देखियो । त्यो समउमा रिषभको नाम र ठेगना भने प्रहरीले पत्ता लगाउन सकेन ।
तर प्रहरीले हत्याराको पहिचानका लागि ४० स्थानमा पोस्ट लगायो । अन्ततः रिषभलाई समात्न प्रहरी सफल भयो ।