काठमाडौं । अस्वस्थ भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गाराइएरहेका प्रधानमन्त्री केपी ओेली स्वास्थ्य लाभ गरि शुक्रबार छैटौं दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।
उनलाई शुक्रबार साँझ डिस्चार्ज गरिएको अस्पताल स्रोतले जनाएको छ ।
उनी डिस्चार्जपछि प्रधानमन्त्री निवास बालुटारमा आ।राम गरिरहेका छन् ।
मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीमा रुघा खोकी र छातिको समस्या देखिएको थियो । उनलाई निमोनियासमेत भएको थियो ।
अस्वस्थ भएपछि उनलाई यही कात्तिक १२ गते त्रिवि शिक्षण अस्पतालको विशिष्ट कक्षमा भर्ना गरिएको थियो । उपचारपछि उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि डिस्चार्ज गरिएको चिकित्कसले जनाएका छन् ।
अस्पतालले डिस्चार्ज गरे पनि केही दिन आराम गर्न सुझाव दिएको बताइएको छ । सावर्जनिक कार्यक्रममा नजान पनि भनिएको छ ।
मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीमा प्रतिरक्षा प्रणाली कमजोर भएकाले सामान्य स्वास्थ्य समस्या पनि उनका लागि जटिल बन्ने गरेको छ । यसअघि उपचार गराउन विदेश जाने प्रधानमन्त्री ओली यो पटक भने स्वदेशमै उपचार गराउन तयार भए ।
ओलीका आफ्न्तले उनलाई विदेश जानसमेत भनेका भए पनि उनी ‘लोकप्रिय’ बन्न स्वेदशमै उपचार गराउने निर्णयमा पुगको बताइन्छ ।