२०८३, २९ श्रावण शुक्रबार
×

ट्रेन्डिङ

नेपाली कांग्रेसको चियापान कार्यक्रम (फोटो फिचर )

1758 Shares
Spread the love

काठमाडौँ ।  प्रमुख प्रतिपक्ष दल नेपाली का|ग्रेसले दसैं, तिहार, छठलगायतका राष्ट्रिय पर्वको अवसर पारेर शुक्रबार चियापान कार्यक्रम आयोजना गरेको छ ।

पार्टीका संस्थापक विपी कोइरालाले २०३३ सालमा मेलमिलापको नीति लिएर भारत प्रवासबाट स्वदेश फर्केपछि सुरु गरिएको चियापान कार्यक्रमलाई काँग्रेसले सदाझैं यस वर्ष पनि निरन्तरता दिएको हो ।

यसै अवसरमा पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित चियापान कार्यक्रमका बोल्दै सभापति शेरबहादुर देउवाले सरकारले चाहे आफ्नो पार्टी राष्ट्रिय एकताकै बाटोबाट अघि बढन तयार रहेकोे बताउनुभयो ।

उहाँले विपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएर सुरु गर्नु भएको चियापान कार्यक्रम ऐतिहासिक भएको स्मरण गराउँदै शान्तिपूर्ण, भेदभावरहित समृद्ध नेपाल निर्माण निर्माण गर्ने सबैको चाहना पूरा गर्न सफलता मिलोस् भनि शुभकामना पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकलाई समृद्ध बनाउन सबै भन्दा अनुकूल अवसर आएको उल्लेख गर्दै त्यसलाई सदुपयोग गरेर अघि बढन सरकारलाई सुझाव दिनु भयो । उहाँले राष्ट्रिय एकता र मेलमिलाप मुलुकका लागि आज पनि उत्तिकै आवश्यक रहेको पनि स्पष्ट पार्नु भयो ।

चियापान कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय जनता पार्टी, नेपालका संयोजक महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणा, नेपालका लागि भारतीय राजदुत मंजीभसिंंह पुरीलगायतको सहभागिता रहेको थियो ।

नेपाली काँग्रेसले विपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केको दिनलाई स्मरण गरेर हरेक वर्ष दसैंको कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम आयोजना गर्दै आएको थियो । यस वर्ष नेता चक्रप्रसाद बास्तोलाको निधनका कारण चियापान कार्यक्रम पछि सारिएको हो ।

 

तस्बिर : रासस

प्रतिक्रिया