२०८३, २९ श्रावण शुक्रबार
×

ट्रेन्डिङ

बेलायतमा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेको बृहत अन्तरकृया हुदै

1619 Shares
Spread the love

लण्डन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले आगामी नोभेम्बर ३ का दिन नेपालका तीन पार्टीका नेताहरुसंग अन्तरकृया गर्ने भएको छ । संघीय समाजवादी फोरम, राष्ट्रिय जनमुक्ति पार्टी र नेपाली कांग्रेसका नेताहरुलाई एउटै मञ्चमा ल्याएर नेफिन यूकेले अन्तरकृया गर्न लागेको हो ।

शनीबार अल्डरशटको EMPIRE BANQUETING & HALL मा हुने कार्यक्रमका प्रमुख अतिथि तथा संघीय समाजवादी फोरमका नेता अशोक राई  रहने भएका छन् । सोही पार्टीकी नेतृ संघीय महिला फोरमकी इन्चार्ज सुशीला श्रेष्ठ पनि बरिष्ठ नेता राईका साथ उपस्थित हुनेछिन् ।

अन्य अतिथि वक्ताहरुमा राष्ट्रिय जनमुक्ति पार्टीकी उपाध्यक्ष कमला  थापा  र नेपाल तरुण दल का महामन्त्री तथा नेपाली कांग्रेस कालीकोट जिल्लाका पूर्व सभापति भूपेन्द्र जंग शाही पनि अन्तरकृया कार्यक्रममा अतिथि रहने छन् ।

“नेपालमा आदिवासी जनजाति आन्दोलनको वर्तमान अवस्था र अबको बाटो” बिषयक अन्तरकृया दिउँसो ३ बजे शुरु भएर साँझ ७ बजेसम्म चल्ने नेफिन यूके महासचिब खुसि  लिम्बुले बताए ।

हाल सरकारमा रहेको तेश्रो ठूलो दल ससफोका दुई नेता गत महिनाको शुरुदेखि नै युरोप भ्रमणमा छन् । ससफोका दुबै नेताहरु नोभेम्बर ११ मा नेपाल फर्किने योजना छ । त्यस्तै कांग्रेस नेता भूपेन्द्रजंग जंग शाही नेपाल तरुण दल बेलायत शाखाको कार्यक्रममा भाग लिन गत हप्ता बेलायत आएका हुन भने जनमुक्ति पार्टीकी नेतृ कमला थापा पनि केही हप्ताका लागि हाल बेलायतमा छन् ।

नेफिन यूके अध्यक्ष जंग सुनुवारले बेलायतवासी आम नेपाली जनसमुदायलाई कार्यक्रममा उपस्थितका लागि अनुरोध गरेका छन् ।

प्रतिक्रिया