काठमाडौं। चलचित्र ऐश्वर्याको सुटिङदेखि नै निर्देशक दिवाकर र नायिका दीपिकाबीचमा प्रेम सम्बन्ध छ भन्ने हल्ला चलिरहेको थियो। यस्तोमा उनीहरुले आफूलाई बचाइरहेका थिए। तर चलचित्र ‘छक्का पञ्जा ३’मा समेत अभिनय गरेकी दीपिकाले चलचित्रको प्रदर्शन पछि आफूहरुबीचको प्रेम सम्बन्धलाई स्वीकार गरेकी थिइन्।

केही दिन अघि मात्रै दिवाकर भट्टराई र दीपिका प्रसाईँको इन्गेजमेन्ट भएको भनिएको थियो। तर उनीहरुले कोट म्यारिजपछि इन्गेजमेन्ट गरेको खुलाएका छन्। थाइल्याण्ड जानुअघि उनीहरुले यस्तो खुलासा गरेका थिए। पारिवारीक सदस्यहरुको उपस्थितीमा इन्गेजमेन्ट गरेका उनीहरु इन्गेजमेन्टपछि थाइल्याण्ड हानिएका थिए।

अहिले उनीहरुका रमालो गरिरहेका तस्वीर चर्चामा आइरहेका छन्। उनीहरु थाइल्याण्डमा रोमान्टिक मुडमा देखिएका छन्। कुनै बेला आफूहरुबीचको प्रेम सम्बन्ध स्वीकार्न हिचकिचाउने उनीहरु यतिबेला खुलेआम प्रेम गरीरहेका छन्।

मिडियामा प्रेमका बारेमा समाचार आएपछि मिडियालाई नै गाली गर्ने यिनीहरु अहिले खुलेरै रमाइरहेका छन्। दीपिकाले केही तस्वीर आफ्नो फेसबुकमा सेयर गरेकी छिन्।