२०८३, २९ श्रावण शुक्रबार
×

ट्रेन्डिङ

सीके राउतलाई थप १५ दिन थुनामा राख्न अदालतको आदेश

962 Shares
Spread the love

रौतहट– स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतलाई जिल्ला अदालत रौतहटले बिहीवार राज्य विरुद्धको संगठित अपराधको मुद्दामा थप १५ दिन थुनामा राख्ने आदेश दिएको छ। जिल्ला न्यायाधीश प्रकाश श्रेष्ठको एकल इजलासले  राउतलाई थप १५ दिन थुनामा राखी अनुसन्धान गर्न आदेश दिएको हो।

राज्य विरुद्धको संगठित अपराधको मुद्दामा गत २५ दिनदेखि राउत सहित ५ जना गठबन्धनका नेताहरु प्रहरी हिरासतमा अनुसन्धानको क्रममा रहेका छन्। राउतसंगै जिल्ला गठबन्धनका रौतहट जिल्ला संयोजक अशोक सिंह, विरेन्द्र दास, जयप्रकाश कुमार साह, दिनेशलाल यादव जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा रहेका छन्।

अदालतले थप १५ दिन थुनामा राख्ने आदेश दिएपछि राउतले पत्रकारहरुसंग संक्षिप्त प्रतिक्रिया दिँदै नेपालमा न्यायालय नभएको र अदालत मात्रै भएकोले अदालतबाट आउने आदेशको बारेमा आफूलाई पहिले नै थाहा रहेको बताएका छन्। अदालतबाट न्याय पाउन कठिन रहेको बताउदै सामान्य तारेखमा हाजिर हुन आएको मानिसलाई अदालत परिसरबाटै प्रहरीले पक्राउ गरेर अनावश्यक मुद्दा चलाएकोमा दुःख लागेको उनको भनाई छ।

डा. राउतलाई अदालतमा म्याद थपको लागि बिहीवार लैजाँदा उनका समर्थकहरु अदालतमा उपस्थित भए पनि नाराबाजी गरेका थिएनन्।

प्रतिक्रिया