कार्तिक १५ – पर्यटन प्रबर्दनका लागि एक सय वटा नयाँ पर्यटकीय गन्तव्यको नाम सार्वजनिक गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ओझेलमा परेका एक सय वटा नयाँ पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्ने हेतुले नयाँ पर्यटकीय गन्तव्यको रुपमा सार्वजनिक गरेको हो ।
यी गन्तब्य नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकारबाट सिफारिस गरिएकाहरु हुन् । नयाँ पर्यटकीय गन्तव्यका लागि ६ सयभन्दा बढी स्थानहरु प्रस्तावित थिए । नयाँ पर्यटकीय गन्तव्य बनाएर पर्यटक आकर्षित गर्न विभिन्न जिल्लाका एक सय वटा स्थान पहिचान गरिएको मन्त्रालयले जनाएको छ ।
सम्भावना हुँद हुँदै पनि ओझेलमा परेका यस्ता गन्तब्यलाई अब विशेष रुपमा विकास, प्रचार, प्रसार र संरक्षण गरिनेछ । ‘नेपाल भ्रमण वर्ष’मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई प्राप्त गर्ने गरी नयाँ गन्तब्यको प्रवर्द्धन गर्न योजना ल्याईएको हो ।