२०८३, ६ आश्विन मंगलवार
×

ट्रेन्डिङ

‘ठग्स आफ हिन्दुस्तान’को नयाँ गीतमा कट्रिनाको यस्तो बबाल डान्स (भिडियो सहित)

1370 Shares
Spread the love

फिल्म ‘ठग्स आफ हिन्दुस्तान’को नयाँ गीतको टिजर रिलिज भएको छ । ‘मन्जूर-ए-खुदा’ बोलको नयाँ गीतको टिजरमा कट्रिनाको बबाल डान्स देख्न सकिन्छ । एक मिनेट १२ सेकेण्डको भिडियो गीतको टिजर सार्वजनिक गरिएको हो । यस गीतमा श्रेया घोशल, सुनिधि चौहान र सुख्विंदर सिंह लगायतको आवाज रहेको छ ।

फिल्म ठग्स आफ हिन्दुस्तान दिवालीको अवसरमा रिलिज हुन लागेको छ । ट्रेलर रिलिज भएसंगै झनै प्रतिक्षित बनेको फिल्ममा कट्रिनासंगै आमिर खान र अमिताभ बच्चनको लिड रोल रहेको छ ।

यस सिनेमामा अमिताभ, आमिर, कटरिना बाहेक फतिमा सना सेखको पनि मुख्य भूमिका रहेको छ ।  सिनेमामा आमिर खान डाकुको भूमिकामा देखिएका छन् ।

हेर्नुहोस् गीत :

प्रतिक्रिया