२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

भारतमा १६ प्रहरीलाई आजीवन जेल

1014 Shares
Spread the love

नयाँ दिल्ली : भारतको एउटा अदालतले १६ जना प्रहरी अधिकारीलाई बुधबार आजीवन जेल सजायको फैसला सुनाएको छ। दशकौँअघि उत्तर प्रदेशमा भएको धार्मिक दंगाका लागि उनीहरुलाई जिम्मेवार ठहर्‍याएको छ। सन् १९८७ मा भएको दंगामा ४२ जना निर्दोष मुस्लीम धर्मावलम्बी मारिएको अदालतले बताएको छ।

पर्याप्त प्रमाणको अभावमा उत्तर प्रदेशको स्थानीय अदालतले सन् २०१५ मा प्रहरीहरूलाई दोषी देखाउन सकेको थिएन। तर दिल्ली उच्च अदालतका दुई जना न्यायाधीशको इजलासले भने ती प्रहरीहरूलाई दोषी ठहर गर्दै यसअघिको फैसला उल्ट्याइदिए।

ती प्रहरीले विभिन्न कानूनको उलंघन गर्दै अपहरण, हत्या जस्ता आपराधिक क्रियाकलाप गरेको प्रमाण भेटिएको अदालतले जनाएको छ। अदालतद्वारा दोषी ठहर गरिएका सबै प्रहरीलाई यही नोभेम्बर २२ भन्दा अगाडि आत्मसमर्पण गर्न पनि आदेश दिइएको छ। उत्तर प्रदेशमा हिन्दू र मुस्लिमबीच विगतमा ठूल्ठूला झडप भएका थिए।

प्रतिक्रिया